जोडिनुहोस
  • होमपेज
  • देश टाइटानिक जस्तै डुबिराखेको छ  सिके राउत

देश टाइटानिक जस्तै डुबिराखेको छ  सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाल टाइटानिक डुबेजस्तै डुबिराखेको बताएका छन् । बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा पार्टीकातर्फबाट बोल्दै उनले देश डुबिराखेको संसदको कामबारबाहीले देखाइरहेको बताए ।

‘म जनतासँग क्षमा माग्न चाहन्छु । र भन्न चाहन्छु(यो देश टाइटानिक डुबेजस्तै डुबिराखेको छ । यो डुबाउने अरु कोही होइन, यसका चालकहरु नै हुन् ।’ उनले भने । देश डुबिराख्दा नेता र कर्मचारी सुरक्षित रहेको तर जनता डुब्न लागेको उनको टिप्पणी छ ।

‘जसले विदेशी इन्सुरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाइरहेका छन् । उनीहरु आफूलाई बोट डुङ्गा जोगाइराखेका छन् । कर्मचारी र नेताहरुले बोट सुरक्षित राखिसकेका छन्, जनता डुब्ने तरखरमा छन् । तपाईंहरु कसरी बच्नुहुन्छ आफ्नो जोहो आफैँ गर्नुस्’ अध्यक्ष राउतले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका