जोडिनुहोस
  • होमपेज
  • भूकम्पपीडितका लागि सशस्त्रले पठायो तीन कन्टेनर टेन्ट

भूकम्पपीडितका लागि सशस्त्रले पठायो तीन कन्टेनर टेन्ट

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि तीन कन्टेनर टेन्ट रुकुम पश्चिम पठाएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि गएको छ ।

काठमाडौँ उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं। २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको जनाइएको ।

यसअघि भूकम्पपीडितहरूका लागि आवश्यक सामग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा कन्टेनर पठाइसकेको सशस्त्रले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका