जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको फिलाडेल्फियामा गोलीबारी, चारको मृत्यु

अमेरिकाको फिलाडेल्फियामा गोलीबारी, चारको मृत्यु

अमेरिकाको फिलाडेल्फियामा गोलीबारी हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीले यसबारे जानकारी दिएको छ । समाचार एजेन्सी रोयटर्सले स्थानीय सञ्चारमाध्यम र प्रहरीलाई उद्धृत गर्दै उक्त गोलीबारीमा चार जनाको मृत्यु भएको जानकारी दिएको छ ।

गोली लागेर आठ जना घाइते भएका छन् । आक्रमणमा दुई बालबालिका पनि घाइते भएका छन् । सीएनएनका अनुसार यस मामिलामा एक संदिग्धलाई हिरासतमा लिइएको छ र हतियार बरामद गरिएको छ ।

गोली लागेर घाइते भएका दुई बालबालिकालाई अस्पताल लगिएको छ । फिलाडेल्फियाको एउटा अखबारले सन्दिग्धले बुलेट प्रुफ ज्याकेट लगाएको थियो र राइफल र ह्यान्डगन बोकेको जानकारी दिएको छ ।

प्रहरीले विभिन्न स्थानमा घाइतेहरूलाई फेला पारेको छ । स्थानीय समय अनुसार राति ८.३० बजे गोलीबारी भएको हो । बीबीसी न्युजले फिलाडेल्फिया पुलिसबाट यस बारे थप जानकारी जान्न खोज्दा कुनै प्रतिक्रिया आएन ।

प्रहरीले अझै केही आक्रमणकारीको खोजी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका