जोडिनुहोस
  • होमपेज
  • चीनमा प्रत्यक्ष विदेशी लगानी भित्रिने भन्दा बाहिरिने बढी

चीनमा प्रत्यक्ष विदेशी लगानी भित्रिने भन्दा बाहिरिने बढी

बेइजिङ— सेमीकन्डक्टर टेक्नोलोजीलाई लिएर अमेरिकासँगको तनाव र जासुसी विरोधी गतिविधिका कारण चीनमा पहिलो पटक विदेशी प्रत्यक्ष लगानी भित्रिने भन्दा बाहिरिने बढी भएको छ ।

प्रशासनले जुलाई देखि सेप्टेम्बर सम्मको त्रैमासिकको ब्यालेन्स—अफ—पेमेन्ट डाटामा तथ्याङ्कहरू जारी गरेको छ।

ब्यालेन्ससिटमा पहिलो पटक ११ दशमलव ७ बिलियन नेगेटिभ अंक देखेको छ । सन् १९९८ पछि तथ्यांकमा नेगेटिभ आंकडा चिन्ह लगाइएको यो पहिलो पटक भएको निक्केई एशियाको प्रतिवेदनमा उल्लेख छ।

सेप्टेम्बरको सुरुमा, जापानिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री इन चाइनाले सदस्य कम्पनीहरूको सर्वेक्षणमा झण्डै आधा उत्तरदाताहरूले सन् २०२३ मा चीनमा लगानी नगर्ने वा २०२२ भन्दा कम लगानी गर्ने बताएका थिए।

अमेरिकी चेम्बर अफ कमर्स इन चाइनाले गत वर्षको शरद ऋतुमा गरेको सर्वेक्षण अनुसार ६६ प्रतिशत सदस्य उत्तरदाताले द्विपक्षीय सम्बन्धमा बढ्दो तनावलाई चीनमा व्यापारिक चुनौतीको रूपमा उद्धृत गरेका छन्।

अगस्टको सुरुमा अमेरिकाले चीनमा चिप र आर्टिफिसियल इन्टेलिजेन्स लगानीमा कडा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीचको भेटअघि अमेरिकाले चीनसँग समन्वय गरिरहेको भए पनि प्रविधि प्रतिबन्धप्रति अमेरिका प्रतिबद्ध छ ।

अमेरिकी अनुसन्धान फर्म रोडियम ग्रुपका अनुसार चीनको सेयर सन् २०१८ मा ४८ प्रतिशतबाट सन् २०२२ मा १ प्रतिशतमा झरेको छ।

यसको विपरित अमेरिकी शेयर शून्यबाट ३७ प्रतिशतमा बढेको छ । यसैबीच भारत, सिंगापुर र मलेसियाको संयुक्त अंश १० प्रतिशतबाट बढेर ३८ प्रतिशत पुगेको छ ।

चिनियाँ कम्पनीहरूले आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्दै आएका छन्, केही विदेशी कम्पनीहरूले चीन छाड्न रोजिरहेका छन्।

चीनले अमेरिकासँग लामो समयसम्म तनाव हुने आशामा आफ्नै चिप आपूर्ति श्रृंखला बनाउने प्रयास गरिरहेको छ। तर, विदेशबाट आवश्यक उपकरण र पार्टपुर्जा खरिदमा भने सुस्तता आएको छ ।

यदि प्राविधिक आविष्कार र उत्पादकत्व वृद्धिको गति सुस्त रह्यो भने यसले चीनको आर्थिक वृद्धिलाई थप दबाब दिन सक्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका