जोडिनुहोस
  • होमपेज
  • भूकम्पपीडितको राहत, पुनर्स्थापना र पुनर्निर्माण व्यवस्थित गर्न सरकारलाई २१ बुँदे सुझाव

भूकम्पपीडितको राहत, पुनर्स्थापना र पुनर्निर्माण व्यवस्थित गर्न सरकारलाई २१ बुँदे सुझाव

काठमाडौं । नेपाली कांग्रेसले भूकम्पपश्चातको राहत, पुनर्स्थापना र पुनर्निमाणलाई व्यवस्थित गर्न सरकारलाई २१ बुँदे सुझाव दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित २१ बुँदे सुझाव दिएका हुन् ।

कांग्रेसले तत्कालीन र अल्पकालीन रुपमा गर्नुपर्ने कार्यका लागि १२ बुँदामा सुझाव दिएको छ भने पुनर्निमाणका लागि नौवटा सुझाव दिएको छ । जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा सबै तहका सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अरु सहयोगी संघ–सस्थाहरू, निजी क्षेत्र, वैदेशिक विकास साझेदारहरुलाई राहत, उद्धारमा जोड्ने चुस्त एकद्वार प्रणाली निर्माण गरी यथाशीघ्र प्रभावित परिवारलाई आवश्यक त्रिपाल, खाद्यान्न, औषधि र लत्ता–कपडाहरु युद्धस्तरमा उपलब्ध गराउन कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसले राहत र पुनस्र्थापनाको काममा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीय सरकारले अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने सुझाएको छ । ‘जाजरकोट भूकम्पको विपद् पश्चात राहत,उद्धार र पुनर्स्थापनाको कार्यमा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीय सरकारले अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुनेछ,’ कांग्रेसको सुझावमा भनिएको छ ।

भविष्यको विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणको लागि विचार गरी अहिले यो विपद्को समयमानै प्रदेशस्तर र स्थानीयस्तरमा भूकम्पपश्चात बहुआयामिक पुनर्निर्माण पुनर्स्थापना गर्ने र भविष्यमा अन्य विपद्हरुमासमेत काम गर्ने सोच राखी प्रदेश स्तरमै प्रदेश योजना आयोगलाई थप जिम्मेवार प्रदान गरी प्रदेश सरकारको नेतृत्वमा स्थानीय सरकारले नै पुनर्स्थापना तथा पुनर्निर्माण गर्ने कार्ययोजना बनाउन सुझाव दिएको छ ।

कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न एक समिति बनाएको छ । जसले पीडितको उद्धार, राहत र व्यवस्थापन भए नभएको अनुगमन गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका