जोडिनुहोस
  • होमपेज
  • रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने

रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने

२३ औं आहा रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने भएका छन । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ देखि २० सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने टुङ्गो लागेको हो । आज क्लवले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिंदै भारतिय घरेलु फुटबल लिग आइलिगको सन २०२३(२०२४ मा सातौं स्थानमा रहेको दिल्ली एफसी र भुटानको लिग च्याम्पियन क्लव पारो भुटान एफसीको सहभागिता रहने क्लवले जनाएको छ ।

दिल्ली एफसी र भुटान एफसी पहिलो पटक नेपाल आउन लागेका हुन् । उनीहरुको सहभागिताले आहा रारा पोखरा गोल्डकपको उचाई थपिएको क्लवले जनाएको छ ।यसैगरी आयोजक सहारा क्लवसहित नेपालका ‘ए’ डिभिजनका क्लवहरु संकटा यूथ क्लव, चर्च ब्वाइज क्लव, मछिन्द्र एफसी, मनाङ मस्याङदी क्लव, जावलाखेल यूथ क्लव र थ्रि स्टारको सहभागिता हुनेछ भने विभागिय क्लव नेपाल आर्मी क्लव र नेपाल पुलिस क्लव समेतको सहभागिता रहनेछ । सुनवलको राइजिङ स्टार क्लव समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका