जोडिनुहोस
  • होमपेज
  • फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक सय ७५ औं स्थानमा छ । यसअघिको वरीयतामा नेपाल एक सय ७४ औं स्थानमा थियो ।

नेपालले पछिल्लो पटक भारतमा साफ च्याम्पियनसिप खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । नेपाली टोली कुवेत र भारतसँग पराजित भएको थियो भने नेपालले समूहगत चरणको अन्तिम खेलमा पाकिस्तानलाई हराएको थियो ।

पछिल्लो वरीयतामा दक्षिण एशियाली राष्ट्रमध्ये भारत सबैभन्दा अगाडि छ । भारत १०० औं वरीयतामा छ । माल्दिभ्स १५४ औं वरीयतामा छ भने भुटान १८४ औं स्थानमा छ । बंगलादेश १९२ औं स्थानमा आसिन छ । पाकिस्तान भने २०१ औं स्थानमा छ ।

यसका अतिरिक्त श्रीलंका २०७ औं वरीयतामा छ । एसियामा जापान सबैभन्दा अगाडि २० औं स्थानमा छ । इरान २२ औं, अस्ट्रेलिया २७ औं र दक्षिण कोरिया २८ औं वरीयतामा छन् । विश्व वरीयतमा भने अर्जेन्टिना पहिलो स्थानमा छ । फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा आसिन छ । इङ्ल्यान्ड चौथो र बेल्जियम पाँचौं स्थानमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका