जोडिनुहोस
  • होमपेज
  • माओवादीले राष्ट्रियसभामा तीन महिला तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार

माओवादीले राष्ट्रियसभामा तीन महिला तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा पठाउने उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । माओवादी महासचिव देव गुरुङका अनुसार कोशीबाट अपाङ्ग तथा महिलामा चम्पादेवी कार्की, बागमतीबाट अपाङ्गमा बागमतीबाट श्रीकृष्ण अधिकारी, कर्णालीबाट विष्णु विश्वकर्मा, सुदूरपश्चिमबाट रेणु चन्दको नाम बन्दसूचीमा परेको छ ।उनीहरूलाई उम्मेदवार बनाउने सम्भावना बढी भएको गुरुङले बताए । उनका अनुसार गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदीको नाममा छलफल हुँदै छ । गुरुङले भने, ‘यी नामहरू हामी अध्ययन गरिरहेका छौँ ।’ १९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

यो पनि‘

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने १

राष्ट्रियसभा निर्वाचन स् एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा

देउवाले ३ भन्दा बढी सिट दिन्न भनेपछि बैठकबाट निस्किए शेखर–गगन

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका