जोडिनुहोस
  • होमपेज
  • यू १९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा

यू १९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा

यू १९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ । एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ । यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ । समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् । समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ । एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू १९ विश्वकप क्रिकेट खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका