जोडिनुहोस
  • होमपेज
  • मुगु सामूहिक हत्याकाण्डका दुई पक्राउ, हत्यापछि घरमा ताला लगाएर भागेको बयान

मुगु सामूहिक हत्याकाण्डका दुई पक्राउ, हत्यापछि घरमा ताला लगाएर भागेको बयान

मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दु गाउँमा एकैपरिवारका ४ जनाको हत्या भएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेर मुगुतर्फ लगेको छ ।

कात्तिक १० गते मन्दु गाउँमा आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा भेटिएका थिए । लगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मुगुसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पनि खटिएको थियो । त्यसक्रममा प्रहरीले हालै दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतकले प्रयोग गर्ने मोबाइलको मोबाइल, सीम कार्ड लगायत पनि बरामद भएको छ ।

घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर थिए । हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत हराएको थियो । जसका कारण हालसम्मको अनुसन्धानले हत्यामा लुटपाट मात्रै कारण भएको देखाएको सिआइबीले बताएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले अभियाग स्वीकार गरेका छन् । पक्राउ परेकाहरुलाई आजै मुगुमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । अनुसन्धानका क्रममा आरोपीहरुले हत्यापछि ताला लागेर भागेको बयान दिएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका