जोडिनुहोस
  • होमपेज
  • टिकटक होइन, यसको दुरुपयोग रोकौं

टिकटक होइन, यसको दुरुपयोग रोकौं

टिकटक बन्द गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाको बाढी नै आइरहेको छ । एकदम सही निर्णय भन्दै नेपाल सरकारलाई धन्यवाद दिनेहरू पनि छन् । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएकोप्रति पिर चिन्ता गर्नेहरू पनि उत्तिकै छन् । कतिलाई त ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तो पनि भएको देखिन्छ ।

फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर लगायतका अन्य सामाजिक सञ्जाल पनि बिस्तारै बन्द गर्छन् कि भनेर चासो र चिन्ता गर्ने जमात पनि देखिन्छन् । सरकारी निर्णयलाई राम्रो मान्नेहरूले टिकटकले समाजमा पु¥याएको क्षतिलाई बढी औंल्याइरहेका छन् भने नराम्रो भन्नेहरू टिकटकको राम्रो पक्षसहित यसले पु¥याएको योगदानलाई बढी प्रस्तुत गरिरहेका देखिन्छन् ।

जे होस्, टिकटक प्रतिबन्ध लगाउने नेपाल २७ औं देश बन्न पुगेको छ । यीमध्ये अमेरिका, न्यूजिल्याण्ड, डेनमार्क, फ्रान्स, माल्टा, नेदरल्याण्ड, नर्वे, बेलायत, अष्टे«लिया र क्यानडाले सुरक्षा जोखिमलाई कारण बनाएर सरकारी अधिकारीलाई मात्रै प्रयोगमा प्रतिबन्ध लगाएका छन् भने बाँकी देशहरूमा आम रूपमा नै प्रतिबन्ध लगाइएको पाइन्छ ।

टिकटक चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउने भएकाले चिनियाँ सरकारलाई सूचनारडाटाहरू दिने आरोप लाग्ने गरेकै कारणले धेरै देशले सुरक्षा जोखिम मानेको हुनुपर्छ । विशेषगरी मुस्लिम समुदाय बाहुल्य देशहरू पाकिस्तान, अफगानिस्तान, इरान, बङ्गलादेश, इन्डोनेशिया र जोर्डन लगायतले धार्मिक द्वन्द्व फैलिन सक्ने जोखिम देखाएका छन् । त्यस्तै, ताइवान, बेल्जियम, भारत, सोमालिया, अर्मेनिया, अजरबैजान, अष्ट्रिया, इस्टोनिया, आयरल्यान्ड र लाटभिया लगायतले सुरक्षा जोखिमलाई नै मुख्य कारण मानेका छन् ।

नेपाल सरकारले भने टिकटक मार्फत सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेको हो । दिनदिनै छाडा, अश्लिल हुँदै गइरहेको टिकटकलाई प्राविधिक रूपमा नियमन गर्न त्यति सजिलो नभएरै होला ‘न रहे बाँस, न बजे बाँसुरी’ भने जस्तै नियमन गर्ने विकल्पमा नगई बन्दै गरेको ।

केही दिन अगाडि मात्र सरकारले ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ पारित गर्नुको पछाडि अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दो, उत्तेजक, व्यक्तिको मानमर्दन गर्ने जस्ता गतिविधि अत्यधिक बढेको कारण देखाएको थियो ।

सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले उक्त निर्देशिका ल्याएको बुझाइ बनेको थियो ।

हाम्रो देशमा अत्यन्तै चर्चित र झण्डै २२ लाखले उपयोग गरिरहेका सार्वजनिक प्लाटफर्म हो– टिकटक । यसमा सामान्यतया व्यक्तिले आफ्नो प्रतिभा, विचार, भोगाइ राख्ने, साना तथा मझौला व्यापारीहरूले आफ्नो वस्तु तथा सेवाको प्रचार प्रसार गर्ने, ठूला व्यवसायीहरूले पनि ‘इन्फ्ल्युन्सर मार्केटिङ’ अन्तर्गत टिकटक सेलिब्रेटीहरूलाई लिएर भिडियो कन्टेन्टमार्फत व्यवसायको प्रवर्द्धन गरिरहेका थिए ।

पैसाको लगानीबिना ठूलै जमातलाई सुसूचित गर्न, एकै छिनमा भाइरल गराउनरगर्न सक्ने टिकटक हामी माझ धेरै नै लोकप्रिय सञ्जाल बनेको छ । फेसबुकमा जस्तो पैसा तिरेर ‘पेड प्रमोसन’ गर्न सक्ने सुविधा नेपाललाई नदिए पनि यो आफैंमा सजिलै, छिट्टै धेरै ठूलो जमातमा पुग्न सक्थ्यो । यसबाट सूचना, विचार र भरपूर मनोरञ्जन प्रवाह हुँदै आएको थियो भने सर्वसाधारणको सहज पहुँचमा भएको हुनाले ठूलो जनसङ्ख्याले प्रयोग गरिरहेका थिए ।

मुख्यतः आफूमा भएको कला, प्रतिभा देखाउन, आफ्नो विचार स्वतन्त्रतापूर्वक राख्न, धेरैलाई प्रभावकारी तरिकाले कुनै कुरा सूचित गर्न, गीत संगीत प्रयोग गरेर छोटो मनोरञ्जनात्मक भिडियो बनाउन, व्यापार व्यवसायको प्रचारप्रसार सजिलै गर्न टिकटक सबै वर्गका मानिसलाई उपयोगी औजार बन्दै आएको छ । फुर्सदमा सूचना सँगसँगै मनोरञ्जनका लागि भरपुर फाइदा टिकटक मार्फत हुने गरेको पाइन्छ ।

हुन त टिकटकमा धेरै समस्या पनि छन्– मनलाग्दी आक्षेप लगाउने, अश्लील सामग्री शेयर गर्ने, अरुलाई घृणा व्यक्त गर्ने, समुदायमाथि नै हिलो छ्याप्ने, नितान्त व्यक्तिगत वा पारिवारिक कुरालाई सार्वजनिक गर्दिने, गलत सूचनाहरू दिने, वेला न कुवेला, ठाउँ न कुठाउँ जता पनि भिडियो बनाउने, घण्टौं समय यसैलाई दिएर बर्बाद हुने आदि ।
नेपालमा पछिल्लो चार वर्षमा टिकटकसँग सम्बन्धित सयौं साइबर अपराधसम्बन्धी मुद्दाहरू दर्ता भएका छन् ।

म्युजिकल्ली भन्ने मोबाइल एप सन् २०१४ मै चीनका अलेक्स झु र लुयु योङद्वारा स्थापना गरिएको थियो । जुन २०१६ सम्ममा यो निकै लोकप्रिय भयो । सन् २०१७ मा चिनियाँ टेक स्टार्ट अप बाइट डान्सले करिब १ अरब डलरमा खरिद गरे पश्चात् झाङ यिनिङको निर्देशनमा चीनमा यसलाई डोनयिन नाम राखे पनि विश्वव्यापी रूपमा टिकटकको रूपमा पुनः ब्राण्डिङ गरिएको थियो ।

प्रयोगकर्तामैत्री डिजाइन, कलात्मक भिडियो सम्पादन सुविधाहरू र सामग्रीको विशाल विविधताले चाँडै संसारभर यसको लोकप्रियता चुलिंदै गयो । विज्ञापनको आँखाबाट विश्वबजारमा टिकटकलाई हेर्दा १ अर्ब भन्दा बढी १८ वर्ष उमेर नाघेका मानिसले टिकटकबाटै कुनै पनि किसिमका विज्ञापन हेर्छन्, जुन इन्टरनेट प्रयोगकर्ताहरूको २०।४० प्रतिशत हुन आउँछ ।

टिकटक पुरुषभन्दा महिलामा बढी लोकप्रिय रहेको देखिन्छ । तथ्यांक अनुसार ४५।९ प्रतिशत पुरुष र ५४।१० प्रतिशत महिला प्रयोगकर्ता सक्रिय छन् ।

१८ देखि २४ उमेर समूहमा २१।५ प्रतिशत महिला र १७।४ प्रतिशत पुरुष, २५ देखि ३४ उमेर समूहमा १७।३ प्रतिशत महिला र १५।१ प्रतिशत पुरुष, ३५ देखि ४४ उमेर समूहमा ८।२ प्रतिशत महिला र ७।४ प्रतिशत पुरुष, ४५ देखि ५४ उमेर समूहमा ४।२ प्रतिशत महिला र ३।७ प्रतिशत पुरुष, ५५ वर्षभन्दा बढी उमेर समूहमा २।८ प्रतिशत महिला तथा २।३ प्रतिशत पुरुषहरूले टिकटक मार्फत विज्ञापन हेर्ने गर्छन् ।

सरसर्ती हेर्दा युवा माझ अत्यन्त लोकप्रिय रहेको पाइन्छ टिकटक । गत वर्ष मोबाइल एप डाउनलोडको तथ्यांक हेर्ने हो भने इन्स्टाग्राम पछि टिकटक नै दोस्रोमा आउँछ । हाम्रो देशमा १ करोड ५८ लाख ५० हजार अर्थात् कुल जनसङ्ख्याको ५१।६ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा छन् ।

सामाजिक सञ्जालमा कुल जनसङ्ख्याको ४१ प्रतिशत अर्थात् १ करोड २६ लाख नागरिकको पहुँच छ । उनीहरू खासगरी फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर आदि चलाउँछन् । सामाजिक सञ्जाल चलाउने पुरुष ९५६।४ प्रतिशत० भन्दा महिला ९४३।६ प्रतिशत० कम छन् ।

यद्यपि टिकटकमा भने महिला नै बढी सक्रिय देखिन्छन् । टिकटक चलाउने ४८ प्रतिशत सक्रिय प्रयोगकर्ताहरू २५–३४ र ४७ प्रतिशत १८–२४ वर्ष उमेर समूहका छन् । नेपालमा चर्चित केही टिकटक स्टारहरूको फलोअर्स लाखौं छन् ।

सामाजिक सञ्जाल सूचना प्रविधिमा आधारित माध्यम ९प्लेटफर्म० आफैंमा राम्रोरनराम्रो भन्ने हुँदैन । तर पनि यसलाई प्रयोग गर्ने तौरतरिका र उद्देश्य राम्रो भएन भने हाम्रो सामाजिक, धार्मिक सद्भावलाई नराम्ररी हल्लाइदिन्छ ।

प्रतिबन्धको पक्ष र विपक्षमा व्यक्ति, संस्था, राजनैतिक पार्टी वा सरकारले आ–आफ्नो डम्फु बजाए पनि, आ–आफ्नो फाइदा घाटा हेरेर जति कराए पनि, अभिव्यक्ति स्वतन्त्रतालाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा सर्वसाधारणले प्रयोग गरिरहेको सार्वजनिक ‘प्लेटफर्म’ माथि नियमन गर्ने बाटो छाडेर यसरी प्रतिबन्ध नै लगाउनु अवश्य उचित नहोला ।

प्रविधिलाई छेक्नुभन्दा प्रभावकारी तरीकाले प्रयोग गर्न सिकाउन र नियमन गरी करको दायरामा ल्याएर यसबाट फाइदा लिनुमै सबैको भलाइ हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका