जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंको कार्यक्रमले काठमाडौं फोहोर मात्र हुन्छ  ओली

दुर्गा प्रसाईंको कार्यक्रमले काठमाडौं फोहोर मात्र हुन्छ  ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताए ।

शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रिया वादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताए । ‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो’, उनले भने ।

नेकपा एमालेका युवा विद्यार्थीले पनि त्यस दिन काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ । आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको ओलीले बताए । ‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा विद्यार्थी र त्यसको पृष्ठभागमा युवा विद्यार्थी एक्लै छैनन् भन्ने देखाउन चाहन्छौं, हामीले थोरै संकेत मात्र गर्न खोजेको हो’, उनले भने ।

देशमा अनियमितता र बेथितीले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए । ‘प्रधानमन्त्रीजीले बोलाएको १२ बुँदे सहमतिसँग सम्बन्धित भनिएका दलको बैठमकमा बेथती आदि कुरा प्रधानमन्त्रीले स्वीकार्नुभयो, देशको अप्ठेरो अवस्थाबारे स्वीकार्नुभयो । तर के गर्ने भन्ने कुरामा केही भएन’, उनले भने ।

अहिलेको अनियमितता र बेथितीको कारण गठबन्धन सरकार रहेको भन्दै उनले यहीँबाट समाधान खोज्नुपर्ने बताए । ‘यसकारण यहाँ समाधान नखोजी यसको जिम्मा कसलाई लगाउने रु हामीले ७ गते एउटा संकेत गर्न खोजेको हो’, ओलीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका