जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा बोराभित्र भेटियो हात-खुट्टा बाँधिएका महिला र पुरूषको शव

भरतपुरमा बोराभित्र भेटियो हात-खुट्टा बाँधिएका महिला र पुरूषको शव

बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउँसो शव फेला परेको हो। अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको प्रहरीले बताएको छ । दुबै जनाको हात–खुट्टा बाँधेर बोरामा हालेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार खोलामा एक व्यक्ति माछा मार्न पुगेका थिए। गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ। शवको सनाखत हुन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका