जोडिनुहोस
  • होमपेज
  • भोलि काठमाण्डौमा अत्यावश्यक काममा मात्रै गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह

भोलि काठमाण्डौमा अत्यावश्यक काममा मात्रै गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्सिर ७ गते भोलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ ।

विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्वनिर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक गाडी ननिकाल्न नागरिकलाई अनुरोध गरेको हो ।

कार्यालयले आज बुधवार एक सूचना निकालेर घरबाट निस्कन परेमा नेपाल प्रहरीको हटलाइन १०० मा र ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर निस्कन आग्रह गरेको छ । यस्तै सडकको अवस्था बझेर यात्रा गर्न पनि सूचनामार्फत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका