जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा बढाइयो उच्च सुरक्षा सतर्कता

काठमाडौंमा बढाइयो उच्च सुरक्षा सतर्कता

काठमाडौं – एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

तिनकुने क्षेत्रमा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित भएका छन् । मध्यपुरथिमिस्थित दुर्गा प्रसाईंको निवास वरपर पनि सुरक्षाकर्मीहरु तैनाथ छन् । तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेत सहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ । उनीहरुमध्ये अधिकांशले रातो क्याप लगाएका छन् ।

प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा ड्रोनबाटसमेत निगरानी गर्ने व्यवस्था मिलाइएको छ । युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । दुवैको कार्यक्रमस्थलमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

अत्यावश्यक कामबाहेक सवारीसाधन लिएर ननिस्कन प्रहरीले सूचना जारी गरेपछि काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चाप कम देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका