जोडिनुहोस
  • होमपेज
  • बर्दियामा आगलागी, तीनजना बालबालिकासहित चार जना हताहत

बर्दियामा आगलागी, तीनजना बालबालिकासहित चार जना हताहत

बर्दिया।बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब १० बजेको समयमा घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।

मृत्यु हुनेमा करिब १८ महिनाका कार्तिक चन्द, ७ बर्षिय क्रिस चन्द, १० बर्षिय मानसिङ बुढा ३२ बर्षिय राधा बुढाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

राति करिव १० बजे आगलागी भएको खबर स्थानियले प्रहरीलाई जानकारी गाएका थिए । आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको प्रहरीले बताएको छ । आगलागीको घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका