जोडिनुहोस
  • होमपेज
  • सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी गर्न प्रहरी परिचालन

सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी गर्न प्रहरी परिचालन

उदयपुरको उत्तरी सिमा स्थित सुनकोशी नदीमा बेपत्ता परेका तीन बालबालिकाको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोक बहादुर मगरको खोजी कार्यको गोताखोरको टोली परिचालन गरिएको हो । बालबालिकाको खोजतलास गर्न शसस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना शसस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

होली खेलेर नुहाउने क्रममा आइतबार तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए । गोताखोरको टोलीले बेपत्ता भएको स्थानदेखि नदीको तल्लो क्षेत्र तर्फ पानी मुनी गएर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरीनन्दन चौधरीले जानकारी दिए । गोताखोरको टोलीले बेपत्ता बालबालीकाको खोजी गरिरहेको स्थानमा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई पुगेर बेपत्ता बालबालिकाहरूको खोजतलासको जानकारी लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका