जोडिनुहोस
  • होमपेज
  • पोखरामा भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्रीमा नेपाली टोलीको वर्चस्व

पोखरामा भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्रीमा नेपाली टोलीको वर्चस्व

पोखरामा आयोजित अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको वर्चस्व रहेको छ । शनिवार आयोजित प्रतिस्पर्धामा नेपाली टोलीले उपाधि जितेको छ । ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली जोडी सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम हुँदै नगद ३ लाख ६० हजार नगद, पदक र प्रमाणपत्र जित्न सफल भयो ।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा पोखरामा आयोजित प्रतिस्पर्धामा श्रेवी महर्जन, मुहेश थारु र बसन्त थारुको टिम दोस्रो भएको छ । ४० किलोमिटरकै प्रतिस्पर्धामा नेपाली टोलीले तेस्रो स्थान प्राप्त गरेको छ । श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगर ९नेपाली सेना०को टोली तेस्रो स्थान प्राप्त गरेको हो ।

चिनियाँ टोली भने चौथो स्थानमा रह्यो । लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङ चौथो स्थानमा रहेर अन्तराष्ट्रिय क्रस कन्ट्री दौड पूरा गरे । दोस्रो हुने टोलीले २ लाख ८८ हजार र तेस्रो हुनेले नगद २ लाख १६ हजार चौथो हुनेले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गरे । क्रस कन्ट्री दौडको टिम इभेन्टमा १० नेपाली टोली र तीन चिनियाँ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

३८ किलोमिटर तर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस प्रथम भए । त्यस्तै बेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो, करन रावल चौथो भए । उनीहरु सबै नेपाली सेनाका धावकहरु हुन् । व्यक्तिगत प्रतिस्पर्धाको विजेताले एक लाख ४४ हजार, दोस्रो हुनेले एक लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौथो हुनेले १८ हजार रुपैयाँ प्राप्त गरे ।

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडकै अवसरमा विद्यार्थीहरु लक्षित पाँच किलोमिटर सडक दौडमा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम भएका थिए । उनीहरुले २५र२५ हजार रुपैयाँ प्राप्त गरे ।

छात्रतर्फ तेन्जोन रोका मगर र कास्की मोर्डनाइज्डका बादल कार्की क्रमशः दोस्रो र तेस्रो भए । छात्रातर्फको प्रतिस्पर्धामा मेघराज पहिलो, आधारभूत विद्यालयकी एन्जिला जिटी दोस्रो र तालबाराही माविकी गीता श्रेष्ठ तेस्रो भइन् । दोस्रो र तेस्रो भएका छात्र तथा छात्राहरुले नगद २० र १५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा भाग लिन चिनियाँ टोली चार्टड विमानबाट पोखरा आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका