जोडिनुहोस
  • होमपेज
  • रोनाल्डो र टालिस्काको गोलमा अल नासर विजयी

रोनाल्डो र टालिस्काको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाइलाई पराजित गरेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा अल नासरले अल टाइलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । यसअघि अल नासरका लागि खेलको ३२औं मिनेटमा रोनाल्डोको असिस्टमा टालिस्काले गोल गरेका थिए । त्यसैगरी अल टाइका लागि भिर्गिल मिसिडजानले एक गोल गरेका थिए ।

यो यस सिजनमा अल नासरको लगातार छैटौं जित हो । यो जितपछि अल नासरको ८ खेलमा १८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी अल टाइको ८ खेलमा ७ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका