जोडिनुहोस
  • होमपेज
  • रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै केन्द्रीय समिति सदस्यको कुल सङ्ख्या ५२ सदस्यीय बनेको हो । पार्टी उपसभापति डीपी अर्यालले केन्द्रीय कार्यसमिति बाहिर रहेका पार्टीका १४ जना सांसदलाई पनि केन्द्रीय समितिमा ल्याउने निर्णय भएको जानकारी दिए ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा। तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा। स्वर्णिम वाग्ले, डा। चन्दा कार्की ९भण्डारी०, असीम साह, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, शिव नेपाली र विनीता कठायत छन् ।

यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र बिन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए । यस्तै रास्वपाबाट इन्दिरा राना उपसभामुख रहेकाले उनको अहिले पार्टीमा भूमिका छैन ।

यस्तै यसअघि केन्द्रीय सदस्य रहेका मोहनबहादुर थापाले राजीनामा दिएका थिए । उनको राजीनामा यसअघि नै स्वीकृत भएसँगै पार्टी केन्द्रीय सदस्यको सङ्ख्या ५२ मा सीमित भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका