जोडिनुहोस
  • होमपेज
  • नेपाल एअरलाइन्सले हिजो छुटेका यात्रुलाई आज दुबई लैजाने

नेपाल एअरलाइन्सले हिजो छुटेका यात्रुलाई आज दुबई लैजाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा हिजो बुधवार छुटेका ३१ जना यात्रुलाई नेपाल वायु सेवा निगम नेपाल एअरलाइन्सले आज बिहीवार पुर्‍याउने भएको छ । यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै निगमले आज वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।

हिजो राति ११ बजेको तालिका भए पनि साढे ९ बजे नै उड्नुपर्ने भएकाले यात्रुको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सीमार्फत जानकारी गराइएकोमा केही यात्रु छुट्न पुगेका निगमको भनाइ छ । यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनीकरणमा प्रयासरत रहेको पनि निगमले जनाएको छ । निगमले गए राति प्रधानमन्त्री प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रु छुटेका थिए । छुटेका यात्रुलाई निगमले होटलमा राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका