जोडिनुहोस
  • होमपेज
  • नेपालको मुख्य प्रशिक्षकको पारिश्रमिक कोरियाले दिने

नेपालको मुख्य प्रशिक्षकको पारिश्रमिक कोरियाले दिने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको पारिश्रमिक  दक्षिण कोरिया एफएले उपलब्ध गराउने भएको छ ।

जसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण कोरिया फुटबल एसोसियसनसँग आर्थिक सहायतामा सम्झौता गरेको छ । एन्फाका महासचिव किरण राई र कोरिया एफएका महासचिव हान्जिन चुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

रुवान्डामा आयोजना भएको फिफा कंग्रेस दौरान सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रशिक्षक भिन्सेन्जोले एन्फासँग एक वर्षको सम्झौता गरेका छन् ।   तीन  हप्ता अघि एन्फाको कार्यसमिति बैठकले इटालीका भिन्सेन्जोलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

पदपूर्ति समितिले सिफारिस गरेको अनुसार बैठकले भिन्सेन्जोलाई नियुक्ति गरेको हो । मुख्य प्रशिक्षकका लागि १ सय ६८ जनाको आवेदन आएको थियो । जसमा पदपूर्ति समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो ।

३८ वर्षीय अनुभवी प्रशिक्षक भिन्सेन्जोले यस अघि बेलिजको राष्ट्रिय फुटबल टिम हेरेका थिए । यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले भारतीय क्लब गोकुलम केरलालाई दुई पटक आई लिगको उपाधि दिलाएका थिए ।

उनले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको टोली समेत सम्हालिसकेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका