जोडिनुहोस
  • होमपेज
  • एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीको मिलेमतो  शेखर कोइराला

एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीको मिलेमतो  शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको बताएका छन् ।

पाँच वर्षपछि सरकारको मातहतमा आउनुपर्ने एनसेल बिक्रीमा राज्यका तिन पक्ष मिलेको आरोप लगाए । ‘यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो रु’ नेता शेखरले भने । ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनमा मंगलबार बोल्ने क्रममा कोइरालाले अहिले सबैतिर असन्तुष्टि रहेको बताए । नागरिक असन्तुष्टि हुनुमा प्रमुख कारण भ्रष्टचार रहेको उनले बताए ।

कृषिमा आधारित उद्योगहरुलाई बढाएर जान सकेमात्रै रोजगारीका अवसरहरु सिर्जना हुने कोइरालाको दाबी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका