जोडिनुहोस
  • होमपेज
  • सुन तस्करीमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै अर्थमन्त्री महत कांग्रेस बैठकमै कड्किए

सुन तस्करीमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै अर्थमन्त्री महत कांग्रेस बैठकमै कड्किए

काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले एक क्विन्टल सुन तस्करी प्रकरणमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय दलको बैठकमा आफ्नो राजनीति सिध्याउने ढंगले पार्टीकै साथीहरूबाट लाञ्छना लगाउने काम भइरहेको भन्दै रोष प्रकट गरे ।

पार्टी, संसद् र सडकबाट आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी अनावश्यक प्रश्न उठाएर लाञ्छना लगाउने काम भएको भन्दै उनले असन्तुष्टि जनाए । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी पार्टीको दलको बैठकमा पार्टी प्रवक्तासमेत रहेका महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको अलिकति मात्रै पुष्टि भए तत्कालै पदबाट राजीनामा दिने घोषणा नै गरे ।

‘ममाथि व्यर्थको लाञ्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो तपाईँहरू नै भन्नुस्, अलिकति पनि तपाईहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र प्रमाण दिनुहुन्छ भने म अहिलेदखि नै यो ठाउँमा बस्दिनँ,’ उनले भने ।

अर्थमन्त्री महतले पार्टीभित्र हरेकलाई अनुशासनको दायरा लागू हुने र कसैलाई आफू मन नपरेकै कारण आफूमाथि व्यक्तिगत लाञ्छना लगाउने र होच्याउने गरी काम नगर्न आग्रहसमेत गरेका छन् । महतले कांग्र्रेस सांसद सुनिल शर्मा पक्राउको विषय आफूलाई थाहा नभएको बताए । उनले पक्राउको टाइमिङ र अनुसन्धानबारे सम्बन्धित मन्त्रालयलाई थाहा हुने उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका