जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि संसदमा उठेका विषयमा सरकारबाट जवाफ नआएको भन्दै विरोध जनाएपछि आजको बैठक केहीबेरका लागि स्थगित गरिएको हो ।

बैठकमा सांसद रमेश लेखकले प्रतिपक्षी दलले पटक-पटक उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले भने, ‘प्रतिपक्षले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिनका लागि संसदबाट रुलिङ भएको छ । तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा राख्नुहुने प्रस्तावमाथि छलफल गर्न सकिदैन । तर प्रतिपक्ष नेपाली काँग्रेसले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको कार्यसूचीमा अवरोध गर्दैन ।’

आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । सभामुख देवराज घिमिरेले निर्धारित कार्यसूचिमा अगाडि बढ्न आग्रह गरेपनि प्रतिपक्षी दलका सांसदले आसनबाट उठेर विरोध जनाएपछि बैठक केही समयका लागि स्थगित गरिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका