जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईँसँग मोर्चा बनाउन सकिन्छ  कमल थापा

दुर्गा प्रसाईँसँग मोर्चा बनाउन सकिन्छ  कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय राजावादीहरूको मोर्चा बनाउने प्रस्ताव अघि सारेका छन् । मोर्चामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समेटिन सक्ने थापाको भनाइ छ । राप्रपाका विभिन्न समुहबीच हाल एकताको सम्भावना नरहे पनि मोर्चा बनाएर अघि जान सकिने थापाको प्रस्ताव छ । यस्तो मोर्चामा दुर्गा प्रसाईँ पनि अटाउन सक्ने उनले खबरहबलाई बताए ।

दुर्गा प्रसाईँले सुरु गरेको राजावादी आन्दोलनलाई कसरी हेर्नुहुन्छ भन्ने खबरहबको प्रश्नमा पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष थापाको प्रतिक्रिया उनकै शब्दमा–

दुर्गा प्रसाईजीको पृष्ठभूमि र उहाँको व्यक्तित्वका बारेमा सकारात्मक नकारात्मक टिप्पणीहरु छन् । म त्यतापट्टि जान चाहन्नँ । हिजो कसले के गर्‍यो भन्ने कुरा खोज्दै हिँड्यो भने हामी आफ्नो लक्षमा पुग्न सक्दैनौँ । विगतमा कुनै न कुनै किसिमका कमजोरीहरू सबैबाट भएका हुन सक्छन् । कोही पनि दूधले धोएका मान्छेहरू छैनन् । मबाट पनि कमी कमजोरीहरू भएको हुन सक्छ । त्यसकारणले दुर्गा प्रसाईँजीको विगतको बारेमा म चर्चा गर्न चाहन्नँ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका