जोडिनुहोस
  • होमपेज
  • सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र  बीच साझेदारी पत्रमा हस्ताक्षर

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र  बीच साझेदारी पत्रमा हस्ताक्षर

नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र  बीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ। बुधबार सिंहदरबारमा नेपालमा कृषि क्षेत्रको उत्पादन वृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे एक दशक लामो समझदारी पत्रमा हस्ताक्षर भएको हो। कृषिमन्त्री बेदुराम भुसालको उपस्थितमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्द शर्मा र सिम्याटका तर्फबाट ब्राम गोभाट्सले मन्त्रालयमा हस्ताक्षर गरेका थिए।

यसले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने बताइएको छ। समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने साझेदारी पत्रमा उल्लेख छ।

हस्ताक्षर पश्चात कृषिमन्त्री भुसालले यो साझेदारीले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका