जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा अध्यक्ष कसले पाउने भन्नेमा गठबन्धनमा सुरु भो किचलो

राष्ट्रियसभा अध्यक्ष कसले पाउने भन्नेमा गठबन्धनमा सुरु भो किचलो

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ सदस्यको निर्वाचनको मिति तोकेको छ । त्यसका लागि मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको मिति तोकिएको छ । कोशी, लुम्बिनी र मधेस प्रदेशबाट दुई–दुईजना, गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट तीन–तीनजना र बागमती प्रदेशबाट चारजना राष्ट्रियसभामा निर्वाचित हुनेछन् ।

निर्वाचन हुन ४८ दिन बाँकी रहँदा सत्ता गठबन्धन दलभित्र भागबन्डाको कसरत सुरु भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफ्ना दलबाटै राष्ट्रियसभा अध्यक्ष बनाउन कसरत गरिरहेका छन् भने गठबन्धनका सबै दल अहिले भइरहेको भन्दा बढी सिट पाउनुपर्ने दाबी गरिरहेका छन् ।

राष्ट्रियसभामा अध्यक्षसहित २० सदस्यको ६ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । एमालेका आठ, नेपाली कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई तथा जसपा र स्वतन्त्र एक–एकजनाको पद खाली हुँदै छ ।

सत्तारुढ दलहरुको अंकगणित हेर्दा उनीहरु एकजुट भएर गएमा एमालेले आफ्नो खाली हुने आठवटै सिट गुमाउने देखिएको छ ।गठबन्धनमा रहेका दलमध्ये मतभार धेरै भएकाले आफूले अध्यक्षसहित नौ सिट पाउनुपर्ने दाबी कांग्रेसको छ । कांग्रेसको प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख सातवटै प्रदेशमा सबैभन्दा धेरै छ । त्यसैले कांग्रेसले राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने अडान राखेको हो । कांग्रेसले कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठमध्ये र्एकजनालाई राष्ट्रियसभा अध्यक्ष बनाउन चाहेको छ ।

माओवादीले सरकारको नेतृत्व गरेका आधारमा अध्यक्षसहित सात सिट दाबी गर्ने तयारी गरेको छ । एकीकृत समाजवादीले आफ्नो खाली रहेको दुई सिटसहित अर्को दुई सिट पाउनुपर्ने माग राखेको छ । एकीकृत समाजवादीबाट बेदुराम भुसाल अध्यक्षका आकांक्षी छन् । जसपाले पनि दुई सिटको दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका