जोडिनुहोस
  • होमपेज
  • लघुवित्त पीडितहरू र प्रहरीबीच बालुवाटारमा झडप

लघुवित्त पीडितहरू र प्रहरीबीच बालुवाटारमा झडप

राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरू र प्रहरीबीच शुक्रबार झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरूलाई प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था आएको हो ।

सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको संख्यामा रहेका पीडितहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । भडपबाट दर्जनौँ प्रर्दशनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरूले निषेधका लागि राखिएको बार फालिदिएका थिए । विभिन्न जिल्लाबाट मुग्लिनमा भेला भएका उनीहरू मुग्लिनबाट सात दिनको पैदल यात्रा गर्दै काठमाडौं आएका थिए । सिफलचौरलाई मुकाम बनाएर बसेका उनीहरूले दैनिक प्रदर्शन र धर्ना दिँदै आएका छन् । शनिबारदेखि प्रधानमन्त्री निवास बालुवाटार घेर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका