जोडिनुहोस
  • होमपेज
  • ‘बिपरजोय’ समुद्री आँधी भारतको गुजरात पुग्योः धेरै जिल्लामा तीव्र हावासहित ठूलो वर्षा

‘बिपरजोय’ समुद्री आँधी भारतको गुजरात पुग्योः धेरै जिल्लामा तीव्र हावासहित ठूलो वर्षा

नयाँदिल्ली । अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी ‘बिपरजोय’ भारतको उत्तरपश्चिम गुजरात पुगेको छ । हिजो बेलुका आँधी भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्त नजिक पुगेको मौसमविदले जनाएका छन् ।

आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोटलगायत धेरै जिल्लामा ठूलो वर्षा र तीव्र गतिमा हावा चलेको छ । गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको बताएको बीबीसी हिन्दीले जनाएको छ । आँधीले पुर्‍याएको क्षतिको विवरण आउन बाँकी छ ।

पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराँचीदेखि भारतको गुजरातसम्मको समुद्रमा अग्ला छाल आउनसक्ने सक्ने चेतावनी दिएको छ । यस्तै, मुम्बईका तटीय क्षेत्रमा जान मानिसहरूलाई रोक लगाइएको छ । भारत तथा पाकिस्तानका विभिन्न ठाउँबाट एक लाख ७० हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बाङ्गला भाषामा बिपरजोयको अर्थ ‘प्रकोप’ भन्ने हुन्छ । भारतमा ठूलो वर्षाका कारण यो हप्ता कम्तीमा ७ जनाको ज्यान गएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका