जोडिनुहोस
  • होमपेज
  • प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्ने महामन्त्री शर्माको चेतावनी

प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्ने महामन्त्री शर्माको चेतावनी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी संघीय सरकारले कानुनहरू निर्माण नगरे आफूहरू पनि सिंहदरबार घेर्न जाने बताएका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उनले प्रदेशहरूले आफूहरूलाई अधिकार सम्पन्न बनाउने कानुन माग्दा पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । प्रदेश सम्मेलनमा जाँदा लुम्बिनी, गण्डकी, मधेश र बागमतीमा समेत एउटै गुनासो सुनेको भन्दै शर्माले प्रदेशले युरेनियम र हिरामोती नमागेको बताए । निजामती सेवा, लोकसेवा आयोग, पहरी र केही आर्थिक अधिकारसँग सम्बन्धित कानुन नहुँदा प्रदेशलाई अप्ठेरो परेको भन्दै शर्माले कांग्रेसको महासमिति बैठकसम्म ती कानुन नबने प्रदेशका नेताहरूसँगै आफूहरू पनि सिंहदरबार घेर्न जाने बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका