जोडिनुहोस
  • होमपेज
  • ५ महिनामा वैदेशिक व्यापारका सबै सूचकमा कमी, आर्थिक मन्दीको असर

५ महिनामा वैदेशिक व्यापारका सबै सूचकमा कमी, आर्थिक मन्दीको असर

चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक व्यापारका सबैजसो सूचकमा कमी आएको छ । आर्थिक मन्दीका कारण कुल वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटामा विगतको तुलनामा कमी आएको हो ।

भन्सार विभागका अनुसार साउनदेखि मङ्सिरसम्म पाँच महिनामा छ खर्ब ४२ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । यो आयात गएको वर्षको पाँच महिनाको तुलनामा तीन दशमलव ३९ प्रतिशतले कम हो । गएको वर्ष सरकारले विभिन्न वस्तुको आयातमा बन्देज लगाए पनि साउनदेखि मङ्सिरसम्म ६ खर्ब ६४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

यस्तै पाँच महिनामा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यो निर्यात पोहोरको पाँच महिनाको तुलनामा छ दशमलव शून्य नौ प्रतिशतले कम हो । अघिल्लो महिना मङ्सिरमा एक खर्ब ३० अर्ब रुपैयाँको वस्तु आयात भएको छ, गएको वर्षको मङ्सिरमा भने एक खर्ब ३२ अर्ब रुपैयाँको सामान भित्रिएको थियो ।

आयातरनिर्यातमा नै कमी आएपछि व्यापार घाटा पनि घटेको छ । पाँच महिनामा पाँच खर्ब ७९ अर्ब रुपैयाँको व्यापार घाटा छ । गएको वर्षको पाँच महिनामा पाँच खर्ब ९७ अर्ब रुपैयाँको व्यापार घाटा थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ प्रतिशत छ भने निर्यातको हिस्सा जम्मा नौ प्रतिशत हाराहारी मात्रै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका