जोडिनुहोस
  • होमपेज
  • बेरोजगार युवालाई गोली प्रहार गर्नु चिन्ताको विषय  राप्रपा

बेरोजगार युवालाई गोली प्रहार गर्नु चिन्ताको विषय  राप्रपा

राप्रपाले बेरोजगार युवालाई संयमता गुमाइ गोली प्रहार गर्नु गम्भीर चिन्ताको विषय भएको जनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रवार जारी गरेको विज्ञप्तिमा ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको हत्या गरेर सरकार स्वयंले परिस्थितिलाई उत्तेजित तुल्याएको उल्लेख गरिएको छ। उनले घटनाको सत्य तथ्य छानबिन र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका छन् । कोरियाली भाषा सम्बन्धी ईपिएस परीक्षामा सहभागिताको विषयलाई लिएर ललितपुरको बालकुमारी क्षेत्रमा शुक्रवार भएको आन्दोलनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका