जोडिनुहोस
  • होमपेज
  • इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने गेट निर्माण हुन सकेन

इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने गेट निर्माण हुन सकेन

काठमाडौँ । इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन ९आरएफआइडी० गेट निर्माणको सम्झौता भएको सात वर्ष हुँदा पनि काम सुरु हुन सकेको छैन । यातायात व्यवस्था विभागले अमेरिकाको डेकाटुर र बङ्गलादेशको टाइगर आइटीसँग २०७३ सालमा संयुक्त सम्झौता गरेको थियो ।

विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट निर्माणसँगै गेट निर्माणको पनि सम्झौता भएको थियो । सम्झौता अनुसार उपत्यकाका प्रमुख नाकामा पाँच वटा गेट बनाउनुपर्नेमा हालसम्म एउटा पनि बनेको छैन । एउटा गेटको करिब ३० लाख रुपियाँको सम्झौता गरिएको थियो । समयमा काम हुन नसकेपछि तीन पटक सम्झौता नवीकरण गरिएको छ । २०७३ सालमा गरिएको सम्झौता २०७८ सालमा सकिएपछि २०८० सम्मका लागि म्याद थप गरिएको थियो ।

यस वर्ष पनि काम सम्पन्न हुन नसक्ने भएपछि आगामी २०८२ सालसम्ममा निर्माण सम्पन्न गर्ने भनी हालै निर्णय गरिएको छ । विभागका निर्देशक रामचन्द्र पौडेलले समयमा काम हुन नसकेपछि पटक पटक म्याद थप गर्नुपरेको बताए । यातायात व्यवस्थापन र नियमनको अधिकार प्रदेश सरकारलाई दिइएपछि केही समय अन्योल भएको विभागका पदाधिकारीको प्रस्टोक्ति छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका