जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियाका विपक्षी नेतामाथि घाँटीमा छुरा प्रहार

दक्षिण कोरियाका विपक्षी नेतामाथि घाँटीमा छुरा प्रहार

काठमाडौं – दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे म्युङमाथि पत्रकारहरुसँग कुरा गरिरहेका बेला छुरा प्रहार भएको छ। कोरियाली समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरिएको छ।

विपक्षी दलका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला आक्रमण भएको कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। उनलाई घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन्।

लीको अटोग्राफ माग्दै उनी नजिक पुगेका थिए। उनलाई अहिले अस्पताल पुर्याइएको छ। ५९ वर्षीय ली गत वर्ष राष्ट्रपतीय निर्वाचनमा कन्जरभेटिभ पार्टीका युन सुक येअ‍ोलसँग पराजित भएका थिए। राष्ट्रपति युनले आक्रमणको निन्दा गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका