जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेशमन्त्री जयशंकरले भेटे क्यान पदाधिकारी र खेलाडी

भारतीय विदेशमन्त्री जयशंकरले भेटे क्यान पदाधिकारी र खेलाडी

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र नेपाली खेलाडीसँग भेट गरेका छन् । बिहीबार द्वारिका होटलमा बोलाएर विदेशमन्त्री जयशंकरले क्यान पदाधिकारी र खेलाडीहरुसँग भेट गरेका हुन् ।

भेटमा विदेशमन्त्री जयशंकरले नेपाली क्रिकेटले योजना लिएर आए सबै सहयोग गर्न भारत तयार रहेको प्रतिबद्धता जनाएका छन् । उनले दीर्घकालीन र अल्पकालीन कार्यायोजना लिएर आए भारत सहयोग गर्न तयार रहेको बताए ।

भेटमा क्यानले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बनाइदिन आग्रह गरेको छ । यसमा विदेशमन्त्री जयशंकर सकारात्मक भएको क्यानले जनाएको छ । यस्तै क्यानले नेपाल र भारतबिच दुईपक्षीय शृङ्खला खेलाउने व्यवस्था गरिदिन पनि आग्रह गरेको छ ।

क्यानले नेपाली क्रिकेटको विकासका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर सम्बन्धित निकायमार्फत भारत सरकारसमक्ष पेस गर्ने जनाएको छ ।

भेटमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीलगायत ६ खेलाडीको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका