जोडिनुहोस
  • होमपेज
  • भारतसँग भएको विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा ऊर्जामन्त्री

भारतसँग भएको विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा ऊर्जामन्त्री

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग भएको यो सहमति मुलुकको हितमा रहेको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले भारतसँग भएको सहमति मुलुकको हितमा रहेको र विद्युत् निर्यातको अन्य विषय छलफलमा रहेको जानकारी दिए। उनले १० वर्षमा १० हजार भन्दा बढि मेगावाट उत्पादन गर्ने योजनाका साथ नै सम्झौता भएको जिकिर गरे ।

मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना नै तयार भएको धारणा राखे । १५ महिनामा एक हजार मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको अवस्थामा १२ वर्षमा २८ हजार मेगावाट उत्पादन सम्भव रहेको उनले बताए । मन्त्री बस्नेतले अहिले पिक आवरमा २ हजार मेगावाट आन्तरिक खपत रहेको र १० वर्षमा १५ हजार मेगावाट दैनिक आन्तरिक खपतमा पुराउने दावी गरे । मन्त्री बस्नेतले विधुत उत्पादनसंगै ट्रान्समिटरलाईन, सवस्टेशन लगाएत पूर्वाधारका काम पनि संगसंगै अघि बढाउने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका