जोडिनुहोस
  • होमपेज
  • अवैध स्मार्ट लाइसेन्सको धन्दामा अधिकांश प्राविधिकहरुको संलग्नता

अवैध स्मार्ट लाइसेन्सको धन्दामा अधिकांश प्राविधिकहरुको संलग्नता

काठमाडौं । १ लाख भन्दा बढि अवैध स्मार्ट लाइसेन्सको धन्दामा यातायात व्यवस्था विभागमा कार्यरत अधिकांश प्राविधिकहरु मुछिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यातायात व्यवस्था विभागले बुझाएको प्रतिवेदन अनुसार अवैध स्मार्ट लाइसेन्सको धन्दामा यातायात व्यवस्था विभागका तत्कालीन २ सूचना प्रविधि निर्देशक (उपसचिव) र ५ जना कम्प्युटर इन्जिनियर मुछिएको पाइएको हो ।

प्रतिवेदन अनुसार अवैध लाइसेन्स जारी भएको अवधिमा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखामा सूचना प्रविधि निर्देशक श्रीचन्द्र साह र पवित्र डंगोल कार्यरत रहेका र कम्प्यूटर ईन्जिनियरको पदमा राजकुमार महर्जन, केशवराज गौतम, कपिला श्रेष्ठ थैव, सन्तोष पोखरेल र सुरज प्रकाश अर्याल कार्यरत थिए । उक्त अवधिमा विगत १ वर्षदेखि विभागको सूचना प्रविधि शाखाको कम्प्यूटर इन्जिनियर पदमा भानुभक्त जोशी कार्यरत रहेका छन् ।

विगत ८ वर्षको अवधिमा १ लाख २ हजार ७ सय ११ थान अवैध ९नक्कली० स्मार्ट लाइसेन्स जारी भएको प्रतिवेदनमा उल्लेख छ । अख्तियारले उनीहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका