जोडिनुहोस
  • होमपेज
  • इजरायलबाट दिल्ली आइपुगे थप १८ नेपाली

इजरायलबाट दिल्ली आइपुगे थप १८ नेपाली

नयाँदिल्ली । भारत सरकारमार्फत युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकलाई पनि ल्याएको हो ।

दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको बताए । गत साता हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली नागरिकको उद्धारको प्रयास सरकारले थालेको हो । यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २५४ जनाको उद्धार गरेको थियो ।

भारतीय र नेपाली नागरिकको उद्धार गरेर उडेको स्पाइस जेटको विशेष विमान राति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भारतीय समयअनुसार साढे ५ बजे उडेको उक्त विमानले ६ घण्टा लामो यात्रा गरेको थियो । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दूतावासका अधिकारीहरूले इजरायलबाट उद्धार गरी ल्याइएका टोलीलाई विमानस्थलमा स्वागत गरेका छन् ।

उद्धार गरिएको टोली बुधबार बिहान १० बजे गड्डाचौकी भन्सार हुँदै महेन्द्रनगर पुग्ने लक्ष्य छ । उद्धार भएर दिल्ली आएका १८ जनामध्ये १४ जना महिला छन् । त्यस्तै उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँड, आतिश गुरुङ, जुनु गुरुङ, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की छन् । त्यस्तै, निश्चल श्रेष्ठ, स्मिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ, उर्मिला श्रेष्ठ र लक्ष्मण दुलाल छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका