जोडिनुहोस
  • होमपेज
  • होटल स्क्वायरका सञ्चालक अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

होटल स्क्वायरका सञ्चालक अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक तथा प्रबन्ध निर्देशक रोमी अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । गत भदौमा उक्त होटलको स्विमिङ पुलमा स्विमिङ गर्दा करेन्ट लागेर ललितपुरका साजिलमान शाक्य गम्भीर घाइते भएका थिए। त्यसयता उनी कोमामा रहेका छन्।

हालसम्म कोमामा रहेका शाक्यका परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

पीडित परिवारले जाहेरी दिएपछि होटल सञ्चालक रोमी अर्याललाई पक्राउ गर्न ललितपुर प्रहरीले अदालतसँग अनुमति मागेको थियो । प्रहरीले पेस गरेको
प्रमाणका आधारमा अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर प्रहरी परिसरले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका