जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभा निर्वाचनः आज मध्यरातिदेखि प्रचारप्रसारमा रोक

राष्ट्रिय सभा निर्वाचनः आज मध्यरातिदेखि प्रचारप्रसारमा रोक

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वचान आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न रोक लगाएको हो । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ । रातिदेखि कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न गराउन पनि आचारसंहिताले रोक लगाएको छ । आज रातिदेखि कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी पनि गर्न पाइने छैन ।

यसैगरी आजसम्ममा मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री पनि हटाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका