जोडिनुहोस
  • होमपेज
  • जनमत पार्टी सत्ता सहकार्य गर्ने आचरण नभएर भाग्यो  उपेन्द्र यादव

जनमत पार्टी सत्ता सहकार्य गर्ने आचरण नभएर भाग्यो  उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीले सरकारमा साझेदार गर्ने खालको आचरण नदेखाएको बताएका छन् । उनले सहकार्य गर्न नसकेर मधेस सरकारबाट जनमत पार्टी भागेको समेत आरोप लगाए । उनले भने, ‘सत्ता सहकार्य गर्न नसकेर सरकारबाट भागेका हुन् । सहकार्य गर्ने आचरण नै छैन ।’

बुधबार यहाँहरूले चरम दमन गरेपछि जनमतले मधेस सरकार छोडेको रे के गर्नुभयो नि त्यस्तो भन्ने प्रश्नमा उनले भने, ‘गठबन्धनमा बसेपछि केही आचरणको पालना गर्नुपर्ने हुन्छ । त्यो उहाँहरूले राख्न सक्नु भएन । दोष अर्कालाई दिएर हुँदैन । गैर राजनीतिक चरित्र देखियो । उछिङखलता र उदन्डता देखियो । यसरी कसरी सहकार्य गर्ने ।’ उनले गठबन्धनमा बस्ने तर गठबन्धनको चरम विरोध गर्ने प्रवृत्ति हाबी भएकोले आफूले पटक(पटक सुधार गर्न भनेको तर अराजकता नै निरन्तर देखिएपछि वास्ता गर्न छाडेको बताए ।

उनले भने, ‘चरित्र सुधार्नुपर्छ राजनीतिक संस्कार स्थापना गर्न संस्कार बसाउनुपर्छ । यसरी त हुँदैन सहकार्य ।’ मंगलबार जनमत पार्टी दुई मन्त्रीसहित मधेस सरकारबाट बिदा भएको छ । उसले जनमत पार्टी अध्यक्ष र मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले चरम दमन गरेको भन्दै बिदा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका