जोडिनुहोस
  • होमपेज
  • गण्डकीलाई हराएपछि मधेशको फाइनल पुग्ने संभावना कायम

गण्डकीलाई हराएपछि मधेशको फाइनल पुग्ने संभावना कायम

गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले हराउँदै मधेश प्रदेशले प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्ने संभावना कायम राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि ३३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९।५ ओभरमा १९० रनमा अल आउट भयो । गण्डकीका कमल परियार र ईश्वर क्षेत्रीले समान २७ तथा कृष ऐयरले २६ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् । मधेशका रञ्जित कुमारले ४ तथा हरिशंकर साहले ३ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको मधेशले विकेटकिपर अनिलकुमार साहको शतकको सहयोगमा ५ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो । यो प्रधानमन्त्री कप क्रिकेट इतिहासकै दोस्रो ठूलो योगफल हो । यसअघि २०१८ मा एपीएफले मधेशलाई ३३९ रन हानेको थियो । मधेशका अनिलले १२५ बलमा ११ चौका र ६ छक्कासहित १२७ रनको सानदार शतकीय इनिङ खेले । मधेशले कप्तान हरि शंकर शाहलाई २ रनमा गुमाएको थियो । दोस्रो विकेटका मयन र अनिलले १०४ रनको शतकीय साझेदारी गरेका थिए । मयन सन्दीपको बलमा केहि अघि बढेर सट खेल्ने धुनमा विकेटकिपर समिर कँडेलबाट २७ रनमा स्टम्पिङ आउट भए । उनले ४४ बलमा २ चौका हाने ।

पवन सरार्फ ३८ बलमा ३ चौका र २ छक्कासहित ४० रनमा आउट भए । तेस्रो विकेटका लागि पवन र अनिलले ६९ रनको साझेदारी गरेका थिए । अरनिको यादवले ३४ बलमा ५ चौका र ३ छक्कासहित ६३ रनमा नट आउट रहे । अभिषेक तिवारी १९ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नट आउट रहे । रुपेश सिंहले ३५ बलमा ३ चौकासहित ३२ रन बनाए । गण्डकीका सन्दीप पराजुलीले १० ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले १ १ विकेट लिए । गण्डकीका कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेका थिए । प्रधानमन्त्री कपमा १०० रनभन्दा बढी खर्चने उनी पहिलो बलर बनेका छन् । यो जितपछि मधेश ८ खेलबाट १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान ८ खेलबाटै १० अंक बटुलेको बागमती रन रेटका आधारमा दोस्रो र ५ खेलबाट १० अंक नै बटुलेको नेपाल पुलिस पहिलो स्थानमा छ । यो हारपछि गण्डकीको शीर्ष २ मा रहँदै फाइनल खेल्ने संभावना गणीतिय रुपमा मात्र कायम छ । आठौं स्थानमा रहेको उसको ६ खेलबाट ४ अंक मात्र छ । १० टिम सहभागी प्रतियोगितामा राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका