जोडिनुहोस
  • होमपेज
  • कैलालीमा बस र म्याजिक ठोक्किँदा ९ जना घाइते

कैलालीमा बस र म्याजिक ठोक्किँदा ९ जना घाइते

धनगढी – कैलालीको गोदावरी नगरपालिका–५ मनहेरा पुल नजिकै धनगडी–अत्तरिया ६ लेन सडक खण्डमा शुक्रबार साँझ दुर्घटना भएको छ।

धनगढीबाट अत्तरिया जाँदै गरेको सुदूरपश्मि प्रदेश यातायात कार्यालयको ना ४ ख ७२३० नम्बरको बस र विपरीत दिँशाबाट आइरहेको से १ ज ३५३ नम्बरको म्याजिक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर नौ जना घाइते भएका छन्। घाइते हुनेमा म्याजिक चालक धनगढी उपमहानगरपालिका–३ का धर्म साउँद, गोरीगंगा नगरपालिका–१३ का दिनेश बोहरा, डोटीको बड्डीकेदार गाउँपालिकाका–१ का २१ वर्षीया यशोदा मन्नी, जोरायल गाउँपालिका–१ का २६ वर्षीया माया थापा घाइते भएका छन्।

घाइते चारै जनाको धनगढीको नवजिवन अस्पतालमा उपचार भइरहेको छ। यस्तै डोटीको जोरायल गाउँपालिकाका–१ का २४ वर्षीय राजन बिक, २१ वर्षीय सोनु विक, गौरीगंगा नगरपालिकाका–२ का ५५ वर्षीय प्रवेश चौधरी, धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय अम्मर विक र बैतडीको दशरथ चन्द नगरपालिका–११ का सन्तोष भण्डारी घाइते भएका छन्।

उनीहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ। बस चालक फरार रहेका छन्। उनको नाम खुलेको छैन्। म्याजिक र बस प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका