जोडिनुहोस
  • होमपेज
  • सीडीओ सरुवाः सिराहामा दाहाल, नुवाकोटमा अधिकारी

सीडीओ सरुवाः सिराहामा दाहाल, नुवाकोटमा अधिकारी

काठमाडौं।गृह मन्त्रालयले दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाउने निर्णय गरेको छ ।

मिटरब्याज प्रकरणका कारण सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई मन्त्रालय तानेर गृह मन्त्रालयमा कार्यरत बासुदेव दाहाललाई सिराहाको जिम्मेवारी दिइएको छ ।

नुवाकोटमा पनि प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत सहसचिव रामकृष्ण अधिकारीलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुलाई पनि प्रहरी प्रधान कार्यालय तान्ने निर्णय भएको छ । तर त्यहाँ कसलाई पठाउने भन्ने निर्णय भइनसकेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका