जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा पूर्व प्रधानमन्त्री खानको पार्टीले गरेको र्‍यालीमा विष्फोट हुँदा चारको मृत्यु

पाकिस्तानमा पूर्व प्रधानमन्त्री खानको पार्टीले गरेको र्‍यालीमा विष्फोट हुँदा चारको मृत्यु

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले बलुचिस्तानमा गरेको एक र्‍यालीमा विष्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको चुनावी र्‍याली हुँदै गर्दा सिबी शहरको जिन्ना रोडमा विस्फोट भएको थियो । सिबीस्थित जिल्ला सदरमुकाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बाबरले चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गरेका छन् ।

घाइतेहरुलाई सिभिल अस्पतालमा भर्ना गरिएको उनले बताए । घटनास्थलमा प्रहरी पुगेर अपराधीहरुको खोजी सुरु गरेको अधिकारीहरुले जनाएका छन् । पीटीआई पार्टीले एक विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै छानबिन गर्न माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका