जोडिनुहोस
  • होमपेज
  • इजरायली आक्रमणले गाजामा हजारौँ बालबालिका घाइते अवस्थामा छटपटाउँदै, डाक्टरको मुटु ‘छियाछिया’

इजरायली आक्रमणले गाजामा हजारौँ बालबालिका घाइते अवस्थामा छटपटाउँदै, डाक्टरको मुटु ‘छियाछिया’

इजलायलको अन्धाधुन्ध आक्रमणका कारण प्यालेस्टिनको गाजाका बालबालिका घाइते, भोक र एक्लोपनामा बस्न बाध्य भएका छन् । बीबीसीले गरेको खोज समाचारअनुसार गाजामा झन्डै चार महिनाको अवधिमै ११ हजार पाँच सय जना बालबालिकाले ज्यान गुमाएका छन् । हजारौँ बालबालिका घाइते अवस्थामा छटपटाइरहेका छन् । उनीहरूले राम्रोसँग उपचार र खानेकुरा पाएका छैनन् । कैयौँ नवजात शिशुका आमाबुवा मारिएका छन् वा हराइरहेका छन् ।

सुत्केरी हुन ठिक्क परेको बेला इजरायली आक्रमणमा हन्ना अबु अम्शाको ज्यान गयो, उनको पेट चिरेर डाक्टरले एउटी छोरी निकालेका थिए । अहिले एक महिनाको उमेरकी शिशुको नाम डाक्टरले हन्ना अबु अम्शाकी छोरी राखिदिएका छन् । शिशुले आमाको काखमा बस्न पाइनन्, आमाले छोरीको अनुहारसमेत देख्न नपाई प्राण त्यागिन् । शिशुका बुबा कहाँ छन् थाहा छैन, आफन्त पनि भेटिएका छैनन् ।

गाजामा यस्ता हृदयविदारक हजारौँ दृश्य देखिने डाक्टरहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आमाबुबा गुमाएका नवजात शिशुको स्याहार र उपचार गर्दा आफूहरूको मुटु छियाछिया हुने उनीहरूको भनाइ छ । गाजामा २४ हजारभन्दा धेरै बालबालिकाले आमा, बुवा वा आमाबुवा दुवै गुमाएका छन् । उनीहरूको जीवन रक्षा र हेरचाह ठूलो चुनौती बनेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष ९युनिसेफ० ले जनाएको छ ।

अभिभावक र आफन्तको टुङ्गो नभएका केही बालबालिका सडकमा भौतारिरहेका भेटिन्छन् । धेरै बालबालिका डर र एक्लोपनामा बाँचिरहेका छन् । छिनछिनमा हुने इजरायली आक्रमणका कारण कैयौँ बालबालिकाको होस गुमेको छ । युनिसेफले गाजाका लगभग सबै बालबालिकालाई अब मानसिक स्वास्थ्य सहयोगको खाँचो रहेको बताएको छ । युद्धले गाजाको सिङ्गो नयाँ पुस्ता नै सङ्कटमा परेको र अब युद्ध रोकिए पनि बालबालिकाको जीवन सहज नहुने देखिएको छ । समुद्रको पानी ुफिल्टरु नगरि पिउँदा सयौँ बालबालिका बिरामी परेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका