जोडिनुहोस
  • होमपेज
  • पश्चिमी वायुले पनि नेपालमा पानी पार्ने सम्भावना कम, यस पटक पूर्वानुमान गर्न पनि कठिन

पश्चिमी वायुले पनि नेपालमा पानी पार्ने सम्भावना कम, यस पटक पूर्वानुमान गर्न पनि कठिन

अहिले नेपालमा रहेको पश्चिमी वायुले पनि वर्षा गराउने सम्भावना कम भएको छ । अस्ति बेलुका पश्चिमी क्षेत्र हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुले आज पश्चिमी क्षेत्र र भोलि काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्र तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने सम्भावना थियो । तर प्रणाली कमजोर भएकोले छिटपुटबाहेक वर्षाको सम्भावना कम हुँदै गएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । अझै पनि आज राति वा भोलि केही ठाउँमा वर्षाको सम्भावना रहे पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना कम रहेको उहाँको भनाइ छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्ययम खालको हिमपात भने हुनेछ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक विनोद पोख्रेल पनि पश्चिम नेपालमा केही वर्षा भए पनि अहिलेको प्रणालीले काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रमा वर्षा गराउने सस्भावना ज्यादै कम भएको बताउनुहुन्छ । यो वर्ष हिउँदे वर्षा कम भएको र पूर्वानुमान गर्न पनि कठिन भएको उहाँले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल पनि यस पटक पूर्वानुमानमा कठिनाइ भएको बताउनुहुन्छ । नेपाल भित्रिँदै गर्दा राम्रै देखिएको प्रणाली पनि यहाँ आएपछि कमजोर बनेको उहाँले बताउनुभयो ।

पश्चिमी वायुको प्रभावका कारण तराई मधेसमा लागेको हुस्सु तथा कुहिरो भने कम भएको छ । आज बिहान केही ठाउँमा हुस्सु लागेकोमा दिउँसोपख धेरैजसो ठाउँमा घाम लाग्यो । यस्तै भोलि पनि बिहान केही हुस्सु देखिए पनि दिउँसो चाँडै कम हुने मौसमविद् अर्यालले बताउनुभयो । आज दिउँसो लामो समयपछि पश्चिम तराईमा पनि घाम लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका