जोडिनुहोस
  • होमपेज
  • आर्थिक मन्दीको असर बीमा व्यवसायमा पनि देखियो, ६ महिनामै ५३ हजार जना बीमितले पोलिसी त्यागे

आर्थिक मन्दीको असर बीमा व्यवसायमा पनि देखियो, ६ महिनामै ५३ हजार जना बीमितले पोलिसी त्यागे

आर्थिक मन्दीको असर बीमित र बीमा व्यवसायमा पनि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्म ५३ हजार जनाभन्दा धेरै बीमितले बीमा सरेन्डर गरेका छन्, अर्थात् बीमा पोलिसी त्याग गरेर रकम फिर्ता लिएका छन् ।

प्रिमियम तिर्ने समय बाँकी रहँदै बीचैमा पोलिसी त्याग गर्ने बीमितको सङ्ख्या ५३ हजार १ सय १३ जना रहेको बीमा प्राधिकरणलले जनाएको छ । ६ महिनामा बीमितले ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको बीमालेख त्याग गरेका हुन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ बराबरको र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ बराबरका बीमालेख त्याग भएका छन् ।

चालु आर्थिक वर्षको साउनपछि अहिले बीमालेख त्याग्नेको सङ्ख्या पुसमा सबैभन्दा धेरै देखिएको हो । कात्तिकमा बीमा त्याग गर्नेको सङ्ख्यामा सुधार आए पनि मङ्सिर र पुसमा भने सरेन्डर गर्नेहरूको सङ्ख्या फेरि बढेको छ ।

बीमा कम्पनीले पोलिसी नवीकरणका लागि बारम्बार खबर गरे पनि बीमितले नवीकरण गरेका छैनन् । अर्थतन्त्रमा मन्दी देखिँदा त्यसको असर सबैतिर परेको छ । अर्थतन्त्र सुधार नभएसम्म बीमा पोलिसी त्याग गर्नेलाई रोक्न र नयाँ बीमित थप्न गाह्रो पर्ने कम्पनीहरूले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका