जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड सरकार जस्तो नालायक इतिहासमा कहिल्यै थिएनः गोकुल बास्कोटा

प्रचण्ड सरकार जस्तो नालायक इतिहासमा कहिल्यै थिएनः गोकुल बास्कोटा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जस्तो नालायक अरु कुनै नभएको टिप्पणी गरेका छन् ।

आज (बुधबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यो भन्दा जवाफदेहीविहीन सरकार इतिहासमा कहिल्यै नभएको जिकिर गरे । उनले भने, ‘यो भन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन । जसको न कान छ न आँखा छ । कहिले सुन्छ सरकारले ? यो शून्य समयको के भ्यालु रु सुन्या छ कि छैन रु सुन्या भए जवाफ चाहियो ।

उनले धुलिखेल पाँचखाल सडक नबनेकोप्रति आक्रोश पोखेका छन् । उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानुभयो र आफ्नो ड्राइभरलाई सोध्नुभयो यो बाटो यस्तो होला भन्ने मैले सोचेको थिएन । धन्न हाम्रो देशको प्रधानमन्त्री । अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानु भयो, भौतिक मन्त्री यही हुनुहुन्छ । उहाँलाई चार पटक भने आज बाटो बन्दैन किने ?’ उनले काभ्रेका किसानले दूध बेचेको पैसा कहिले पाउँछ ? भन्दै प्रश्न गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका